सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर मात्रै बाँकी
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै - अभिनेत्री अनुष्का शर्मा यतिबेला सामाजिक सञ्जालमा छाइरहेकी छिन । अनुष्काकाे यसरी चर्चा हुनुको कारण उनको अभिनय वा फिल्मका कारण नभई उनीजस्तै देखिने अर्की महिलाका कारण चर्चामा छिन् ।
अमेरिकाकी गायिका जूलिया माइकल्स र अनुष्का शर्मा हुबहु देखिएपछि उनीहरु जुम्ल्याहा रहेको भन्दै सामाजिक सञ्जाल प्रयोग कर्ताले उनीहरुको तस्बिर सेयर गरिरहेका छन ।
यसरी आफूलाई अनुष्का शर्मा जस्तै देखिने भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि स्वयम् जुलिया माइकल्सले ट्विटरमा अनुष्का र आफ्नो फोटो सेयर गरेर ‘अनुष्का शर्मा हामी दुई जुम्ल्याहा’ भन्दै अनुष्का शर्मालाई मेन्सन गरिन्।
Hi @AnushkaSharma apparently we’re twins lol 👯♀️👯♀️ pic.twitter.com/eYb9xjGBb2
— Julia Michaels (@juliamichaels) February 5, 2019
जुलिया आफैले अनुष्कासँगको तस्बिर सेयर गरेपछि अनुष्का शर्माले पनि जुलियालाई प्रतिक्रिया दिएकी छिन् । अनुष्काले लेखेकी छिन्, ‘हो म जीवनभरि तिमी अनि हाम्रा पाँच जना अनुहार मिल्नेहरुलाई खोजी राखेकी थिएँ ।’
OMG YES!! 😲 I've been looking for you and the remaining 5 of our dopplegangers all my life 😂 https://t.co/SaYbclXyXt
— Anushka Sharma (@AnushkaSharma) February 5, 2019
अनुष्का शर्मा बलिउड फिल्म उद्योगमा अभिनयमार्फत दर्शकहरुबीच चर्चित छिन् । उनी जस्तै देखिने जुलिया माइकल्स पनि हलिउडमा गीत गाउनुका साथै लेख्ने पनि गर्छिन् । साथै उनी ग्रामी अवार्डमा उत्कृष्ट गायिकाको रुपमा नोमिनेशनमा परेकी थिइन् ।