भ्रष्टाचारीको कुनै जात, धर्म हुँदैन: पूर्वमन्त्री शर्मा

 माघ २३, २०७५ बुधबार १७:५४:४१ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - पूर्वमन्त्री तथा नेकपाका नेता जनार्दन शर्मा प्रभाकरले सरकारको नाम मात्र नयाँ भएर नागरिकले अधिकार नपाउने बताउनुभएको छ ।

उहाँले देशमा  पटकपटक राज्यसत्ता परिवर्तन भए पनि अहिलेसम्म संस्कृति र संस्कार परिवर्तन नभएकाले वर्तमान सरकार परिवर्तन तिर लाग्नुपर्ने   बताउनुभयो। सर्लाहीको हरिवनमा आयोजित हरिवन सफाइ कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री शर्माले नयाँ संविधानमा  केही कुराको अलमल भए पनि नागरिकलाई अधिकार र विकासको अनुभूति हुनेगरी सरकार काममा  लाग्नु पर्ने उहाँको भनाइ छ।

पुरानै शैलीमा राज्यव्यवस्था सञ्चालन नहुने भएकाले अब तीनै तहको सरकारले योजना ल्याउँदा सबैभन्दा तल्लो समुदायको आर्थिक र सामाजिक विकास हुने नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।

समृद्ध नेपाल, सुखी नेपाली सरकारको  लक्ष्य भएकाले अब सरकार नागरिकको काममा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

देशमा भ्रष्टाचार अन्त्य नभएसम्म नागरिकले कल्पना गरेजस्तो राष्ट्र नबन्ने बताउँदै नेता शर्माले भ्रष्टाचारीको कुनै जात धर्म नहुने बताउनुभयो ।

फरक प्रशङ्गमा संघीयता स्थापित गर्न सबै भन्दा बढी लडेको पार्टी  नेकपा भएकाले संविधानले व्यवस्था गरे अनुसार नै स्थानीय र प्रदेश सरकारलाई अधिकार दिनु पर्ने उहाले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया