मञ्जु विक र रमेश परियारको गीतमा झुमे लमजुङे दर्शक

 माघ २३, २०७५ बुधबार १९:१२:३० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लोक दोहोरी गायिका मञ्जु विक र गायक रमेश परियारले गीत गाएर लमजुङे दर्शकलाई छमछमी नचाएका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका–८, डिडिसी खेल मैदानमा सञ्चालित महोत्सवको पाँचौ दिन मंगलबार उनीहरुले गीत गाएर दर्शकलाई नचाएका हुन् ।

महोत्सवमा गायिका मञ्जु विकले सपना नौरंगी, चढेको जवानी लगायतका गीत गाउनुभएको थियाे । त्यस्तै गायक रमेश परियारले आँशुको मूल फुट्यो, फूल टिपी लाउने टपक्कैलगायतका गीत गाउनुभएको हो । 

यसैगरी, महोत्सवमा दुर्गा गुरुङ, निशा लामा, सुरेन घताने, पुजा गुरुङ, विनय न्यौपाने, चिज कुमार राउत, अशोक भुजेल, आशिष  घर्ती मगर लगायतले पनि आफ्नो प्रस्तुति राखेका थिए ।   

महोत्सवमा दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहेको र स्थानीय नवप्रतिभालाई पनि महोत्सवमा विशेष स्थान दिइएको महोत्सव मूल समारोह समितिका  संयोजक सुरजकुमार श्रेष्ठले बताउनुभयो ।

भोटेओडारको पहिचान र पर्यटन प्रवर्द्धनका लागि लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाइ, भोटेओडार युथ सोसाइटी र बुद्ध युथ क्लबको आयोजनामा महोत्सव सञ्चालन गरिएको हो ।

माघ १८ गतेदेखी सुरु भएको महोत्सव माघ २७ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया