सुनको भाउ घट्यो

 माघ २४, २०७५ बिहिबार ११:४८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ घटेको छ ।

बिहीबारका लागि सुनको मूल्य प्रतितोला ६२ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया