आलुकाे बीउ लिन हिँडेका बेलबहादुर २ दिनपछि मृत भेटिए

 माघ २४, २०७५ बिहिबार १५:५१:० | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामकाे सन्दकपुरमा बिहीबार एक अधबैंसे पुरुषकाे शव फेला परेकाे छ ।

फेला परेकाे शव इलाम नगरपालिका, वडा नम्बर ३ घर भएका बेलबहादुर गुरुङ रहेको खुल्न आएको छ । 

मृतक बेलबहादुर मंगलबार घरबाट आलुको बीउ लिन भनेर सन्दकपुर गाउँपालिका गएको पारिवारिक स्रोतले जनाएको छ । 

उनी बिहीबारसम्म घर फर्किएर नआएपछि खोजतलास गर्ने क्रममा सन्दकपुर गाउँपालिका–१ को अप्ठ्यारोखोप भन्ने भीरबाट करिब ६० मिटर तल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

५४ वर्षीय मृतक गुरुङको शवलाई इलाका प्रहरी कार्यलय मंगलबारेबाट खटिएको प्रहरीक टोलीले आवश्यक प्रक्रिया पूरा गरेर बिहीबार पोष्टमार्टमका लागि इलाम अस्पताल पठाएको बताइएको छ । 

  


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया