बुहारीले प्रहार गरेकाे आगो फुक्ने ढुंग्रीले लागेर ससुराको ज्यान गयाे

 माघ २४, २०७५ बिहिबार १८:१:३७ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – बुहारीले हानेको आगो फुक्ने फलामको ढुंग्रीले लागेर सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारका ७५ वर्षीय रामकाजी गुरुङको घटनास्थलमै ज्यान गएको छ ।

अंशबण्डाको विषयमा विवाद हुँदा ३५ वर्षीया तारादेवी गुरुङले ससुरामाथि ढुंग्री प्रहार गरेकी थिइन् । बुहारीले हानेको ढुंग्री लागेर गुरुङको बिहीबार बिहान १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुहारीले फलामको ढुंग्री टाउकोमा प्रहार गर्दा रामकाजीको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । चौकी नजिकै भएकाले अभियुक्तलाई प्रहरीलाई घटनास्थलबाटै पक्राउ गरेको थियो  । 

छुट्टिएर फरक फरक घरमा बसोबास गर्दै आएका उनीहरुबीच अंश तथा जग्गाको विवादपछि ससुरामाथि ढुंग्री प्रहार गरेर हत्या गरेको प्रहरी निरीक्षक शरणकुमार दाहालले बताउनुभयो । 

दाहालका अनुसार घटनाको अनुसन्धान भइरहेको छ भने मृतकको शव पोष्टमार्टमपछि प्रहरीले परिवारलाई बुझाएको छ ।  

अन्तिम अपडेट: चैत ६, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया