अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
महोत्तरी - उखु आपूर्ति पुर्जी (चलान) को माग गर्दै महोत्तरीको किसानहरुले गौशालामा रहेकाे एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड बन्द गराएका छन् ।
स्थानीय किसानहरुले समयमै चलानको माग गर्दै बिहीबार दिउँसो २ बजेदेखि मिल बन्द गराएका हुन् ।
स्थानीय किसान देवकुमार महतोका अनुसार उखुको मूल्य निर्धारणसम्बन्धी विवादका कारण गएकाे वर्षको तुलनामा एक महिना ढिलो गरी मिल सञ्चालनको भएकाे हो । माघ महिना बित्न लागेको समयमा उद्योगले चलान नदिएपछि उखुको तौल घट्नुको साथै गर्मीको समयमा उखु काट्नका लागि समस्या हुने गरेकाले किसानहरुले समयमै चलान पाउनुपर्ने किसान महतोले दावी गर्नुभयाे ।
चलानको सम्बन्धमा ठोस निर्णय नहुन्जेलसम्मको लागि मिल बन्द कायम नै रहने मिल व्यवस्थापन पक्षले जनाएको छ । उद्योगले हालसम्म ७ लाख ७४ हजार क्विन्टल उखु क्रसिंग गरेको मिलको प्रशासन शाखाले जनाएको छ ।
एभरेष्ट चिनी उद्योगले याे वर्षको लागि पुसको पहिलो हप्तादेखि उखु पेल्ने काम सुरु गरेको थियो ।