महोत्सवकाे आकर्षण कुस्ती खेल

 माघ २५, २०७५ शुक्रबार १८:१९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही - सर्लाहीको मुर्तियामा जारी मुक्तेश्वर महोत्सव हेर्न आएका दर्शकलाई शुक्रबार कुस्तीबाज पहलमानहरुले आकर्षित गरे । महाेत्सव आयाेजकले शुक्रबार कुस्ती प्रतियोगिता आयाेजना गरेकाे थियाे ।

प्रतियाेगितामा २ नम्बर प्रदेशभित्रका पहलमानहरुले भाग लिएका थिए । कुस्ती प्रतियाेगिता तराईमा अत्याधिक रुचाइने खेल पनि हाे । खेल हेर्न २ नम्बर प्रदेश र भारतबाटसमेत दर्शकको घुइँचो लागेको महोत्सव आयोजक समितिका पुण्यप्रसाद खतिवडाले बताउनुभयाे । 

शुक्रबार मध्याह्नबाट सुरु भएको कुस्तीमा विभिन्न तौल समूहका पाँच जोडी कुस्तीबाजहरुले प्रतिष्पर्धा गरे । प्रतियाेगितामा तौल अनुसार प्रथम हुनेलाई पाँच हजार, एक हजार पाँच सय र  एक हजार रुपैयाँ पुरस्कारको व्यवस्था थियो ।

प्रतियोगितामा सर्लाहीकाे बरहथवाका चन्देश्वर राय प्रथम भए । उनले सर्लाहीकै खयरवाका अमिर सहनीलाई हराउदै प्रथम पुरस्कार हात पारेका हुन् । 

माघ २२ देखि सुरु भएको महोत्सव माघ २८ गते सम्म चल्ने आयाेजकले जनाएकाे छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया