आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाण्डाैमा प्रदर्शन

 माघ २५, २०७५ शुक्रबार १९:२२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले शुक्रबार काठमाण्डौमा प्रर्दशन गरेका छन् । 

महिला अधिकारकर्मीहरुले आमाको नामबाट नागरिकता पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाण्डौकाे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले आमाको कोखबाट जन्मिए पनि नागरिकता दिने व्यवस्था अझै सुनिश्चित गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्काे नाराबाजी गरेका थिए ।

महिला अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरु सहभागी भएको विरोध प्रर्दशनमा नागरिकतामा समान अधिकार दिलाउन पनि आमाको नाममा नागरिकता पाउने व्यवस्था गर्न ढिलाइ गर्न नहुने उनीहरुले बताएका छन् ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया