मेलम्ची आयाेजना: सम्झौता रद्द भएकाे सीएमसीलाई नै काममा फर्काउने प्रयास जारी

 माघ २५, २०७५ शुक्रबार २०:३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सीएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले त्यही कम्पनीलाई नै कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ ।

आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ बोलपत्र गर्दा खर्चिलो हुने र निर्माण अवधि पनि बढी लाग्ने भएकाले मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले सीएमसी कम्पनीसँग नै छलफल गरी काममा फर्काउने प्रयास थालेको हो ।

नयाँ निर्माण कम्पनीलाई ठेक्का लगाउँदा नयाँ टेण्डर गर्नुपर्ने तर सीएमसीलाई नै काममा फर्काउन सके ठेक्का रद्दको निर्णय फिर्ता लिए हुने कानुनी प्रावधान रहेकाले मन्त्रालयले सीएमसीलाई नै पहिलो प्राथमिकतामा राखेको हाे ।

कानुनी रूपमा अप्ठ्यारोमा नपरौँ भन्नका लागि मात्र ठेक्का तोड्ने निर्णयमा पुगेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताउनुभयो ।

ठेक्का तोडेपछि धरौटी रकम सरकारको खातामा आउने बाटो खुलेको तर, सीएमसी कम्पनीलाई नै काममा फर्काउने प्रयास जारी रहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया