बी डिभिजन लिग: झम्सीखेल युथ क्लबकाे विजयी सुरुवात

 माघ २५, २०७५ शुक्रबार २०:२९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

शहीद स्मारक बी डिभिजन लिगतर्फ झम्सीखेल युथ क्लबले लिगमा विजयी शुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न उद्घाटन खेलमा झम्सीखेलले ब्वाइज युनियन क्लबलाई १-० गोलको झिनो अन्तरले हरायो ।

झम्सीखेलको जितमा पहिलो हाफमा ३९ औं मिनटमा एलिस लुंगेलीले एक मात्र निर्णायक गोल गरे । खेलमा विजयी टोली झम्सीखेलका सुवास मगर म्यान अफ द म्याच घोषित भए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया