विवादास्पद एलबीडब्लू निर्णयका कारण डीआरएस प्रणालीको आलोचना

 माघ २५, २०७५ शुक्रबार २०:४५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत र न्यूजिल्याण्डबीचको दोस्रो टी–२० खेलमा अम्पायरले ड्यारिल मिचेललाई दिएको विवादास्पद एलबीडब्लूका कारण डीआरएस प्रणालीको निकै आलोचना भएको छ ।

क्रुणाल पाण्ड्याको बलमा एलबीडब्लूको अपिल गर्दा फिल्ड अम्पायरले आउट दिएका थिए । तर रिप्लेमा उनको ब्याटमा बल लागेर गएको देखिएको थियो । त्यो रिप्ले मैदानमा रहेको स्क्रिनमा देखिँदा सबै जना आश्चर्यमा परेका थिए भने खेलाडी पनि चकित भएका थिए ।

स्ट्राइकमा रहेका मिचेल पनि ननस्ट्राइकमा रहेका केन विलियम्सनतिर हेर्दै अचम्ममा परेका थिए । छैटौ ओभरको अन्तिम बल फालेका क्रुणालले अपिल गरेपछि आउट दिइएको थियो, तर त्यसको लगत्तै मिचेलले अपिल गर्दा तेस्रो अम्पायरले टिभीमा रिप्ले गर्दा उनको ब्याटमा कुनै दाग देखाएको थिएन, तर हटस्पटले भने ब्याटमा बल लागेर देखाएको थियो ।

जसका कारण उनी आउट हुन पुगेका थिए । तर तेस्रो अम्पायरको निर्णयमाथि निकै औंला उठ्न थालेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया