पानीले डीपीएल प्रभावित, पहिलो खेल सोमबार

 माघ २६, २०७५ शनिबार ७:१५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – शनिबारदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण यही माघ २८ गतेदेखि सुरु हुने भएको छ । 

प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय शनिबार स्थानीय एक होटलमा गर्न लागिएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले बताउनुभयो । सोमबार उद्घाटन खेल धनगढी स्टार्स र विराटनगर किंग्सबीच हुन लागेको छ ।

प्रतियोगिताको ट्रफी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

डीपीएल तेस्रो संस्करणको ट्रफी सार्वजनिक


 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया