आज पनि दिनभर झरी पर्ने सम्भावना

 माघ २६, २०७५ शनिबार ८:४७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरै ठाउँमा आज पनि झरि पर्ने मौसमविदले बताएका छन् ।

काठमाडौं उपत्यकालगायत  देशका अन्य ठाउँमा पनि आज बदली नै रहने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना कायमै छ ।

आज दिउँसो सुदुरपश्चिमी भेगबाट बिस्तारै मौसम खुल्ने र मध्य क्षेत्रमा भरे राति र पूर्वमा भोलीबाट मात्रै मौसम सुधार हुने मौसमविद नगरकोटीले बताउनुभयो । देशका विभिन्न ठाउँमा अस्तिदेखि झरी परिरहेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया