हिउँ पर्‍यो फुरुरु चन्द्रागिरिमा (तस्बिरसहित)

 माघ २६, २०७५ शनिबार ९:३६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिमी वायुको प्रभावका कारण काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भूभागमा बिहीबारदेखि वर्षा भैरहेको छ । मौसममा आएको बदलीसँगै काठमाण्डौको चन्द्रागिरी डाँडामा  हिउँ परेको छ ।

हिउँ परेसँगै काठमाण्डौमा चिसो पनि बढेको छ ।

पश्चिमी वायुको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भैरहेको पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार काठमाण्डौसहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो पनि बढ्नेछ ।

तस्बिरहरु - चन्द्रागिरि हिल्सका प्रबन्धक अभिषेकविक्रम शाहकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया