बागमती सफाइ अभियानको ३०० औं हप्ता, काठमाण्डौमा विशेष कार्यक्रम

 माघ २६, २०७५ शनिबार १५:५३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बागमती सफाइ अभियानको ३०० औं हप्ताको अवसरमा काठमाण्डौमा विशेष कार्यक्रम गरिएको छ ।

शनिबार काठमाण्डौको शंखपार्कमा गरिएको बागमती सफाइ महाअभियानको ३०० औं हप्ताको विशेष कार्यक्रममा सरकारका मन्त्रीहरु, सफाइ अनियानका अभियन्ताहरु, नागरिक समाजका अगुवा, सर्वसाधरणलगायतको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई, खानेपानी मन्त्री बिना मगर र वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत सहभागी हुनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिए पनि अन्तिम समयमा उहाँ स्वास्थ्यका कारणले उपस्थित हुन सक्नुभएन । कार्यक्रमलाई सम्बोधन गर्दे खानेपानी मन्त्री बिना मगरले बागमती सरसफाइ महाअभियानले आम नेपाली जनतालाई सरसफाइको महत्व र प्राकृतिक सुन्दरताको अपरिहार्यतालाई दर्शाउन सफल भएको बताउनुभयो ।

शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले धर्तीलाई जननी मान्ने धार्मिक विश्वास रही आएको भन्दै जन्म दिने जननीलाई फोहर गर्न नदिन सबै नेपाली उद्त हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ४ सय ४० वटा सौर्य बत्तीको उद्घाटन गर्नुभएको थियो । त्यसैगरी सरसफाइ अभियानका अभियन्ताहरुलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो । निरन्तरको झरी परे पनि पनि कार्यक्रममा सर्वसाधरण र अभियन्ताहरुको उल्लेख्य उपस्थिति थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया