नगरकोटमा हिमपात, आन्तरिक तथा बाह्य पर्यटकहरुकाे ओइराे

 माघ २६, २०७५ शनिबार १७:४२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

माघ – लगातार परेको झरीका कारण शुक्रबार नगरकोटमा हिमपात भएको छ । 

तीन दिनदेखि परेको वर्षापछि आजको पानीसँगै हिउँ परेपछि नगरकोटका बासिन्दामा खुशियाली छाएको छ । भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा बिहानै बाक्लो हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लागेको छ । 

नगरकोटमा हिमपात भएपछि नगरकोट पुगेका पर्यटक र स्थानीय बासिन्दाहरु बिहानैदेखि हिउँ खेलेर रमाएको पर्यटक व्यवसायी एवं नगरकोट होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले जानकारी दिनुभयो । 

लामिछानेले भन्नुभया, ‘नगरकोटमा हिमपात भएको थाहा पाएर हिउँमा रमाउन आउने पर्यटकको ओइरो लागेको छ, आज एकैदिन १० औं हजार आन्तरिक पर्यटक नगरकोट आइपुगेका छन् ।’

नगरकोटमा पर्यटकको भीड लागेपछि यातायात समेत अवरुद्ध भएका छन् । पर्यटकको आगमनसँगै यातायातका साधनको समेत भीड लागेपछि यातायात अवरुद्ध भएको स्थानीय नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामाले जानकारी दिनुभयो । 

नगरकोटमा हरेक वर्ष सामान्य हिउँ पर्ने भए पनि यसवर्ष भने बाक्लो हिमपात भएका आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेको नगरकोटका वडा अध्यक्ष सन्तबहादुर वाईवाले जानकारी दिनुभयो । 

नगरकोटमा हिमपात भएपछि स्थानीय बासिन्दामा खु्सी र उत्साह थपिएको छभने होटलमा आन्तरिक र बाह्य पर्यटकले खचाखच भएको छ । 
होटल व्यवसायी लामिछानेले अब मौसम खुलेपछि हिमालसमेत खुल्ने भएकाले हिमाल हेर्न, उपत्यकाको खुल्ला दृश्यावलोकन गर्न नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने बताउनुभयो । 

नगरकोटको तेलकोटदेखि माथि भ्यूटावरसम्म नै हिमपात भएपछि हिउँमा रमाउन जानेको ओइरो लागेको हो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया