दुर्घटनामा दुवै खुट्टा गुमाएका सन्तोषलाई साथीहरुले गरे सहयाेग

 माघ २७, २०७५ आइतबार १८:१९:५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – सवारी दुर्घटनामा परि दुवै खुट्टा गुमाएका दाङका सन्तोष खनाललाई उहाँका साथीहरुले सहयाेगस्वरुप  पचासी हजार रुपैयाँ प्रदान गरेका छन् ।

दाङको लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी सन्ताेषले मोटरसाइकल दुर्घटनामा परि दुवै खुट्टा गुमाउनुभएकाे थियाे । उहाँका साथीहरु लमही नगरपालिका वडा नम्बर ६ लंगढी निवासी (हाल अमेरिका) सन्तोष बस्नेत, उहाँका अर्का साथी लेखराज केसी र अन्य केही साथीहरु मिलेर पीडित खनाललाई नगद पचासी हजार रुपैयाँ प्रदान गरेका छन् । 

सन्तोष बस्नेका बुवा रामबहादुर बस्नेतद्वारा पीडित खनाललाई रकम हस्तान्तरण गरियाे । साथी खनाललाई उपचारमा समस्या परेको कारण आफूले केही रकम सहयोग गरेकाे सन्तोष बस्नेतले भन्नुभयो । 

झण्डै दुई वर्ष अगाडि फागुन १९ गते सन्तोष सवारी दुर्घटनामा पर्नुभएकाे थियाे । दुवै खुट्टा गुमाएको दुई वर्ष बितिसक्दा पनि आर्थिक स्थिति निकै कमजोर भएको हुनाले उपचारमा समस्या परेको छ ।

'आँखा, खुट्टा र टाउकोकाे अझै उपचार गर्न बाँकी छ । आर्थिक स्थितिले साह्रै सताएको छ, आयस्रोत केही छैन, घरको स्थिति पनि नाजुक छ', खनालले आँखा रसाउँदै भन्नुभयाे, 'पूरा उपचार गर्नलाई कम्तिमा पनि १० देखि १२ लाख लाख्छ रे, कसैले सहयोग गरे आभारी हुने थिएँ, सहयोगको अपेक्षयामा छु ।'


 

अन्तिम अपडेट: चैत ११, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया