उज्यालोकर्मी श्यामशितल परियार सम्मानित

 माघ २८, २०७५ सोमबार १६:४७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ – लमजुङका उज्यालोकर्मी श्यामशितल परियार सम्मानित हुनुभएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–६, मा रहेको सयपत्री आवासीय माध्यमिक विद्यालयले सोमबार आफ्नाे ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको अवसरमा पत्रकार परियारलाई सम्मानित गरेको हो ।   

सञ्चार क्षेत्रबाट देशको शिक्षा, सञ्चार तथा सामाजिक रुपान्तरणका साथै विद्यालयको सर्वाङीण विकासका लागि पुर्याएको प्रशंसनीय कार्यको मूल्यांकन गर्दै विद्यालयले उहाँलाई सम्मानपत्रको साथमा सम्मानित गरेको हो ।       

विद्यालयको वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको रुपमा आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पत्रकार परियारलाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।    

पत्रकार परियार २०६८ साल देखी निरन्तर पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ लमजुङ शाखाको सह–सचिव समेत हुनुहुन्छ । पिरयार उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन, न्यूज २४ टीभी, स्थानीय रेडियो भोटेओडारसँगै विभिन्न सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ ।

विद्यालयले पत्रकार परियारसँगै पत्रकार नवराज पहाडी र गणेश पाण्डेलगायत विद्यालयको हितमा योगदान पुर्याएका विभिन्न व्यक्ति तथा संघसंस्थालाई समेत सम्मानित गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया