मन्त्री राईले गरे एकैदिन तीन ठूला योजनाको शिलान्यास

 माघ २८, २०७५ सोमबार १८:५८:३६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – गृह जिल्लाको भ्रमणमा रहनुभएका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सोमबार आफ्नाे निर्वाचन क्षेत्रमा तीनवटा ठूला योजनाको शिलान्यास गर्नुभएको छ ।  । 

बिहानैदेखि कार्यक्रममा ब्यस्त रहेका मन्त्री राईले  सुरुमा शहरी विकास मन्त्रालयद्वारा नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर १४ मा ४५ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको नेपालगञ्ज सभागृहको शिलान्यास गर्नुभयो ।

त्यसपछि कारकादौं बाइपास खजुरा रोड कालोपत्रे तथा नाली निर्माण र चिल्डे«न पार्कको शिलान्यास गरे । १२ करोड बजेटको यो योजना  २०७७ वैशाख २५ गतेभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।  

वडा नम्बर १२ मा सडक तथा नाली निर्माण बाल पार्क तथा पिक्निकस्थल निर्माण योजनाको पनि मन्त्री राईले शिलान्यास गर्नुभयो ।  एक करोड ३४ लाख बजेटको योजना २०७७ वैशाख २५ गते कार्य सम्पन्न गर्ने गरी निर्माण सुरु भएको छ । शिलान्यासका समयमा प्रदेश सांसद विजय यादव, नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणालगायत पनि सहभागी रहनुभएको थियो ।

त्यस अवसरमा मन्त्री राईले विकास बजेट विनियोजनको मामिलामा बाँके निर्वाचन क्षेत्र नम्बर २ देशकै सबैभन्दा बढी प्राथमिकताको निर्वाचन क्षेत्रमा परेको भन्दै यसलाई नमुना क्षेत्र बनाइने  दाबी गर्नुभयो ।

आफ्नो जिल्ला, नगर र गाउँको विकासका लागि सबै दल र स्थानीय बासिन्दा एकजुट हुनैपर्छ भन्दै उहाँले भन्नुभो, ‘भोलि निर्वाचनको बेलामा सबै आ–आफ्ना एजेण्डामा लागे पनि अहिले सबैले मिलेर विकासको एक मात्र एजेण्डामा लाग्नु पर्छ ।’

राईले आफ्नो  निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत नेपालगञ्ज र डुडुवामा अहिले झण्डै ४५ किलोमिटर सडक कालोपत्रे गर्ने  कार्यलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया