थाइल्याण्डकी राजकुमारी प्रधानमन्त्री चुनावका लागि अयोग्य घोषित

 माघ २८, २०७५ सोमबार १९:३३:४४ | रासस
unn.prixa.net

थाइल्याण्डकी राजकुमारी उबोलरत्ना  प्रधानमन्त्रीका लागि उम्मेदवारसमेत बन्न नपाउने हुनुभएको छ । 

गएको शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो । 

थाइल्याण्डको शक्तिशाली सिनावात्रा घरानीयाको प्रभावमा रहेको थाई रक्षा चार्ट पार्टीका तर्फबाट ६७ वर्षीया राजकुमारी महिडोलले उम्मेदवारी घोषणा गर्नुभएको थियो । 

थाई रक्षा पार्टी राजकुमारीलाई प्रधानमन्त्रीमा उठाउने निर्णयबाट पछि हट्यो

उहाँले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उहाँका भाइ तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाउनुभएको थियो । उहाँ अहिले पनि राजपरिवारको सदस्य भएकाले राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई थियो । 

थाइल्याण्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रुपमा हेरिने भएकाले राजसंस्थाको आसयलाई पालना गरेको पाईन्छ । 

राजाकै आसय र असन्तुष्टिलाई ध्यानमा राखेर निर्वाचन आयोगले राजकुमारी महिडोललाई निर्वाचनमा सहभागी नगराउन अयोग्य घोषणा गरेको अधिकारीहरुले बताएका छन् । 

उहाँको घोषणापछि थाईल्याण्डसहित विश्वभरी नै भावी राजनीतिका बारेमा अनेक चर्चा र अनुमानहरू गरिएको थियो ।आउदो मार्च २४ का दिन हुने आम निर्वाचनका लागि राजकुमारीलाई अगाडि सारेको रक्षाचार्टले अव अर्को उम्मेदवारलाई अगाडि बढाउनुपर्ने भएको छ । 

थाई राजा भन्छन् : राजकुमारी प्रधानमन्त्रीको चुनावमा उठ्नु गलत हो

प्रधानमन्त्रीका लागि विगत पाँच वर्षदेखि थाइल्यान्डको सत्तामा रहनु भएका सैनिक नेता प्रयुत चान–ओ–चाले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । सैनिक विद्रोहमार्फत राजनीतिमा आउनु भएका प्रयुतले यस पटकको निर्वाचनमार्फत् आफूलाई नागरिक नेताका रुपमा स्थापित गराउने प्रयासमा हुनुहुन्छ । 

सैन्य विद्रोहबाट पदच्युत गरिएपनि थाईल्याण्डको राजनीतिमा पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको अत्यन्त प्रभाव देखिन्छ । 

उहाँलाई थाइल्यान्डको सेना र बैंककस्थित माथिल्लो धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्ने गरेको पाइन्छ । 

थाई राजकुमारीको अभूतपूर्व निर्णय, प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा

उहाँलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । त्यसपछि सन् २०१४ मा उहाँकी बहिनी यिङ्लुकको सत्तामा पुनरागमन भएको थियो । तर उहाँलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो । उहाँहरु अहिले निर्वासनमा हुनुहुन्छ भने देशबाहिरैबाट देशभित्रको राजनीतिलाई निर्देश गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया