आफूलाई 'सेलेब्रेटी' देखाउन खोज्नेले प्रहरी एकेडेमी सार्ने विषयमा अनुचित टिप्पणी गरे : प्रधानमन्त्री ओली

 माघ २९, २०७५ मंगलबार १४:३७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रेटी बन्न चाहाना राख्नेहरुले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको बताउनु भएको छ । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । 

प्रहरी तालिमका सबै कार्यक्रम एकै थलोमा गर्न सक्ने गरि फराकिलो स्थानमा सार्ने विगतमा भएको निर्णयलाई नै कार्यान्वयनको चरणमा लैजादै गर्दा हल्ला रुचाउने र सेलिब्रेटी बन्न चाहनेहरुले अनैतिक टिप्पणी गरेको दाबी उहाँले गर्नुभयो । 

उहाँले भन्नुभयो 'हल्ला गर्न रुचाउनेहरुले कतिपयले सेलिब्रेटी स्वभावका आफूलाई सेलिब्रटी देखाउनेका लागि अनैतिक खालका टिप्पणीहरु पनि त्यसमा गरे । अहिले नै राष्ट्रपति ज्यूले यहाँबाट लखेट्न खोज्या हो कि जस्तो पनि पारिदिए । छिमेकी पिरेको भन्ने शब्दहरु पनि प्रयोग गरे ।'

शान्ति सुव्यवस्था खलबल्याउने र जनतालाई आतंकित पार्ने काम भइरहेको भन्दै सरकारले प्रधानमन्त्री ओलीले सरकारले त्यस्ता गतिविधि कुनै पनि अवस्थामा गर्न नदिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले अपराधरहित सचेत समाज निर्माण गर्न चाहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागी मध्ये उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया