समाचार छापेको भन्दै पत्रकारमाथि सांघातिक आक्रमण

 माघ २९, २०७५ मंगलबार १७:५२:१० | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सामुदायिक रेडियो सर्लाहीका समाचार सम्पादक सोम दियालीमाथि सांघातिक आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ सर्लाहीका सदस्यसमेत रहेका दियालीलाई मंगलबार  नचिनेका मान्छेले सर्लाहीको सुकेपोखरीमा आक्रमण गरेका हुन् ।

आक्रमणबाट दियालीको ठाउकोमा गम्भीर चोट लागेको छ । उहाँको अहिले सर्लाहीको हरिवनमा रहेको स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ । आफूले केही दिनअघि बाग्मती नगरपालिकाको समाचार लेखेको कारण आफूमाथि आक्रमण भएको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार  महासंघ सर्लाही शाखा र  नेपाल प्रेस युनियन सर्लाहीले  विज्ञप्तिमार्फत  आक्रमणको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । 

आक्रमणमा संलग्न  भएकामध्ये एक जना पक्राउ परेको र बाँकीलाई छिट्टै पक्राउ गरी  कारबाही गरिने सर्लाही प्रहरी प्रमुख एसपी पोषराज पोख्रेलले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया