एपीएफलाई हराउँदै दाउफिन्स फुटबल क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

 फागुन १, २०७५ बुधबार १९:८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – क्यामरुनको टिम दाउफिन्स फुटबल क्लब विभागीय टिम एपीएफलाई पराजित गर्दै बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तीन दिनअघि पोखरामा सम्पन्न मनकामना कपको उपाधि जितेको दाउफिन्सले धरान रंगशालामा एपीएफमाथि २-० को जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

दाउफिन्सका लागि नाज्मा यानिकले दुई गोल गरे । उनले खेलको ९औं र ४९ औं मिनेटमा गोल गरेका थिए । शारीरिक रुपमा सशक्त टोली क्यामरुनविरुद्ध एपीएफले राम्राे प्रदर्शन गर्न सकेन । पराजयसँगै एपीएफ पोखरामा उपाधिबाट बञ्चित हुनुपर्दाकाे हारको बदला लिन समेत चुक्यो ।

यसै वर्षबाट नेपालको घरेलु फुटबलमा सहभागिता जनाएको दाउफिन्स टिम केबलकार कप अगाडिका धनगढीमा सम्पन्न तेश्रो खप्तड र इटहरीमा सम्पन्न दोश्रो मदन गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको थियो ।

दाउफिन्सले अब सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया