चालक र सहचालकबीच झगडापछि ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

 फागुन १, २०७५ बुधबार १९:२३:२४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – गल्याङ नगरपालिका–११,धरादीमा लु ३ त ६७१२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

सिद्धार्थ राजमार्गबाट करिब ८ सय मिटर तल धरादी खोलामा ट्रयाक्टर  खस्दा गुल्मीको सत्यवती गाउँपालिका—२, का ३६ वर्षीय बाबुराम परियारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । 

चालक र सहचालक दाजुभाइ भएको र उनीहरुबीच भनाभन तथा आपसी विवाद हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।

चालकले तनावमा ट्रयाक्टर चलाएको कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत १३, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया