घुससहित भागेका असई आफै अख्तियार कार्यालय पुगे !

 फागुन १, २०७५ बुधबार १९:३०:४३ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – औरही प्रहरी चौकीका असई रामनरेश साह २४ घण्टापछि आफै अख्तियारको सम्पर्कमा आएका छन् । 

मंगलबार दिउँसो १० हजार घुससहित फरार भएका असई साह बुधबार दिउँसो बर्दिवासमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेका हुन ।
उनी आफै घुस रकमसहित कार्यालयमा उपस्थित भएको अख्तियार कार्यालयले जनाएको छ । 

अख्तियारको टोलीले असई साहलाई मंगलबार औरहीस्थित नवदुर्गा सः मिलबाट १० हजार रकम घुससहित नियन्त्रणमा लिन खोज्दा स्थानीय नागरिकले अवरोध जनाएका थिए । 

त्यसै क्रममा मौका छोपी नवदुर्गा सःमिलका सञ्चालक दिनेश साह र असई साह फरार भएका थिए ।

अख्तियारको नियन्त्रणमा आएका असईलाई स्थानीयले भगाए

 

अन्तिम अपडेट: चैत ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया