बोरुसिया डर्टमुन्डमाथि टोटनह्यामकाे जित

 फागुन २, २०७५ बिहिबार ६:३५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब टोटेनह्यामले गएराति बोरुसिया डर्टमुन्डलाई ३–० ले पराजित गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा जर्मन लिग लिडर डर्टमुन्डले टोटनहममाथि दबाव दिए पनि गोल गर्न सकेन । जसका कारण पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा घरेलु टिम फरक शैलीमा मैदानमा उत्रियो । उसले दोस्रो हाफमा पुरै आक्रामक रणानीति अपनाउँदै डर्टमुन्डलाइ पूर्ण रूपमा दबावमा पार्‍याे ।

जसका कारण दोस्रो हाफको सुरूवातमै दक्षिण कोरियाली खेलाडी ह्युङ मिन सनले गोल गर्दै टिमलाइ अग्रता दिलाए । उनले जान भर्टोन्घनको क्रसमा उत्कृष्ट गोल गरेका थिए । त्यसपछि ८३ औं मिनेटमा सर्ज औरियरको क्रसमा भर्टोन्घनले गोलको दिशा देखाएका थिए ।

खेल सकिन ४ मिनेट समय बाँकी रहँदा क्रिस्टियन एरिक्सनको कर्नरमा सब्सिच्युट खेलाडी फर्नान्डो लोरेन्टेले गोल गर्दै टोटेनहमको जित पक्का गरे। दोस्रो लेगको खेल डर्टमुन्डको घरेलु मैदानमा ५ मार्चमा हुनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया