रानीघाट दरबारमा प्रेम साट्नेहरुकाे भीड

 फागुन २, २०७५ बिहिबार ८:४२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – प्रेमको प्रतिक मानिने पाल्पाको रानीघाट दरबारमा प्रेम साट्नेहरुको बिहानैदेखि भीड लागेको छ ।  

रानी तेजकुमारीको सम्झनामा तत्कालीन राजा खड्ग शम्सेरले झण्डै १ सय २० वर्ष पहिले बनाएको यो सुन्दर दरबार देशकै पुरातात्विक महत्वको धरोहर हो ।नेपालको ताजमहलको रुपमा हेरिने रानीघाट दरवारमा बुधबार देखिनै प्रेम साट्नेहरुको भीड बढेको स्थानीयले जनाएका छन् । तानसेन नगरपालिकामा पर्ने रानीघाटदरबार  कालीनदीको किनारमा अवस्थित छ ।

उत्तर दिशा भएर बगेको कालीनदीको जगबाट निर्माण गरेको रानीदरबारलाई भारतको ताजमहलसँग पनि दाँजेर हेर्ने गरिन्छ । सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तर मा पर्ने ऐतिहाशिक रानीदरबार भिरालो चट्टानमाथि झण्डै ६ रोपनी जग्गामा छ ।

२०५६ सालमा पुरातत्व विभागबाट दरबारको मुख्य भागको मर्मत गरिए पनि धेरै भाग अझै जीर्ण छ ।  अहिले सदरमुकाम तानसेनबाटै गाडी चढेर दरबार सम्म पुग्न सकिने भएकाले पनि हरेक दिन जसो रानीदरबार पुग्नेहरुको भीड हुने स्थानीय होटल व्यवसायी सुरेश पाण्डेले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया