धनगढी प्रिमियर लिग : अत्तरियाले रुपन्देहीलाई दियो १२२ रनको लक्ष्य

 फागुन २, २०७५ बिहिबार ११:३४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

धनगढी प्रिमियर लिगमा सीवाईसी अत्तरियाले रुपन्देही च्यालेञ्जर्सलाई एक सय २२ रनको लक्ष्य दिएको छ ।

धनगढीको फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय २१ रन बनायो । सुरुवात राम्रो गर्न नसके पनि अत्तरियाका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेले ।

जारी प्रतियोगितामा अर्धशतक बनाउने तेस्रो खेलाडी बने । १६ रनमा दुई विकेट गमाएको अत्तरियाको पारीलाई ऐरीले उकासे । उसका ओभर जयकिशन कोल्सावाल एक रनमा आउट भए भने सुविन्धु पाण्डे १२ रनमा आउट भएका थिए । त्यसपछि रित गौतमले ऐरीसँग मिलेर ५७ रनको साझेदारी गरे । रित १२ रनमा आउट हुँदा अत्तरियाको स्कोर ७३ रन थियो ।

त्यसपछि सन्दीप जोरा मात्र दुई रनमा आउट भए भने दिपेन्द्र ऐरी ६७ रनमा पेभेलियन फर्किँदा अत्तरियाले एक सय सात रनमा ५ विकेट खेर फाल्यो । तर त्यसपछि भने उसका कुनैपनि खेलाडीले राम्रो साझेदारी भएन । उसका पुछारका खेलाडी भुवन कार्कीले खाता खोल्न सकेनन् भने जितेन्द्रसिंह ठकुरीले तीन रन बनाए । यस्तै सन्नी पटेलले १२ रन जोडे । बलिङमा रुपन्देहीका ललित भण्डारी र विक्रम सोबले दुई–दुई विकेट लिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया