ठगी मुद्दामा दोषी ठहर भएपछि फरार रहेका व्यक्ति प्रहरीकाे नियन्त्रणमा

 फागुन २, २०७५ बिहिबार १६:५४:४७ | उज्यालो सहकर्मी

काठमाण्डौ - ठगी मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार रहेका काठमाण्डौका उद्धव अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाण्डौको गोंगबुमा चाँदनी सहकारी संस्था स्थापना गरेर उनले २६ लाख रुपैयाँ भन्दा धेरै ठगेका थिए । २०७३ सालको असोजमा जिल्ला अदालतले अधिकारीलाई २६ लाख ७५ हजार रुपैयाँ जरिबाना र १ वर्ष कैदको सजाय सुनाएपछि उनी फरार भएका थिए । 

उनलाई बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले पक्राउ गरेर फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार डिल्लीबजार काठमाण्डौमा बुझाएको छ । 

     

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया