डीपीएल : वर्षाले खेल बिथाेलिएपछि विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडले अंक बाँडे

 फागुन २, २०७५ बिहिबार १७:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली -  धनगढी प्रिमियर लिगमा विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचकाे खेल वर्षाका कारण स्थगित भएकाे छ ।

जसका कारण दुवै टिमले एक एक अंक बाँडेका छन् । फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले आज पनि राम्रो ब्याटिङ गर्न नसकेको विराटनगरले ३१ रन बनाउँदा चार विकेट गुमाएक थियो । उसका ओपनर असाद पठानले १९ रन बनाए भने आसिफ शेखले खाता खोल्न सकेनन् ।

यस्तै हरिशंकर शाहले पनि ५ रनमात्र बनाए भने कुशल भेर्तेलले तीन रनमा मात्र आउट भए । यस्तै त्रितराज दासले १२ र पृथु बास्कोटाले १४ रन बनाए । त्यसपछि अभिनाश यादव मात्र १३ रनमा रनआउट भए । तर १८ ओभर तीन बलमा भारी वर्षा भएपछि खेल रोकिएको थियाे ।

बलिङमा सागर ढकालले तीन विकेट लिए ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया