रणवीर सिंहले ‘आई लभ यू’ भनेपछि भ्यालेन्टाइन्स डेमा राखी सावन्तले बनाइन् उनको नामको ट्याटू

 फागुन २, २०७५ बिहिबार १८:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडकी कन्ट्रोभर्सी क्वीनको रुपमा परिचित राखी सावन्त चर्चामा आउनका लागि बेलाबेलामा सामाजिक सञ्जालमा केही न केही गरिरहेकी हुन्छिन् । 

राखीले चर्चामा आउनकै लागि यतिबेला फेरि यस्तो काम गरेकी छिन् जसका कारण उनी सामाजिक सञ्जालमा छाइरहेकी छिन् ।  अभिनेता रणवीर सिंहले केही दिनअघि उनको फिल्म ‘गली ब्वाय’ को प्रमोशनको एक कार्यक्रममा राखी सावन्तलाई ‘आई लभ यू राखी’ भनेका थिए । 

यसका साथै रणवीरले राखी सावन्तलाई रकस्टार पनि भनेका थिए । रणवीरले यस्तो भनेपछि राखी सावन्तले त्यसको बदलामा यस्तो काम गरेकी हुन् ।

राखीले गरिन् चाहिँ के ?

राखीले रणवीर सिंहको नामको ट्याटू बनाउँदै गरेको भिडियो उनको इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् । साथै उनले रणवीरले आफूलाई रकस्टार भनेका कारण उक्त ट्याटू उनलाई उपहार स्वरुप बनाएको भनेकी छिन् । 

उनले रणवीरले आफूप्रति देखाएको मायाका लागि रणवीर सिंहलाई धन्यवाद पनि दिएकी छिन् । राखी सावन्तले रणवीर सिंहलाई भ्यालेन्टाइन्स डे को शुभकामना दिँदै दीपिकासँग माफी पनि मागेकी छिन् । साथै उनले रणवीर दीपिकाको पति मात्रै नभएर सबैको रकस्टार भएको बताएकी छिन् । राखीको यस किसिमका व्यवहारले रणविर सिंहसँग केही महिना अघि विवाह गरेकी अभिनेत्री दिपिका पादुकोण पनि हैरान हुन सक्छिन् । 

जोया अख्तरको निर्देशन तथा रणवीर सिंह र आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म ‘गली ब्वाय’ आज अर्थात फेब्रुअरी १४ मा रिलिज भएको छ । फिल्म रिलिजसँगै यस फिल्मलाई दर्शक तथा फिल्म समिक्षकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया