विश्वकप फुटबल २०१८: ब्राजिल र कोष्टारिका दुवै पहिलाे जित निकाल्ने दवावमा

 असार ८, २०७५ शुक्रबार १२:५२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप सुरु हुनु अघि ब्राजिललाई विश्वकपको सबैभन्दा बलियो दावेदारको रुपमो हेरिएको थियो ।

तर, पहिलो खेलमा स्वीट्जरल्याण्डसँग एक एक गोलको बराबरी खेलेसँगै ब्राजिलको पहिलो विश्वकप यात्रा अपेक्षित रहेन ।
 
त्यही ब्राजिलले रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा शुक्रबार महादेशीय प्रशिद्वन्द्वी कोष्टारिकासँग खेल्दा पहिलो जितको खोजीमा हुनेछ । 

समूह ई बाट ब्राजिल र कोष्टारिका आमने सामने हुँदा शुक्रबारै यही समूहको सर्बिया र स्वीट्जरल्याण्डको खेल पनि हुँदैछ ।
 
विश्वकपको सुरुआती खेलमा भोगेको अनपेक्षित बराबरी र नेइमारको फिटनेसका बारेमा आएका अनर्गल हल्लाहरुको बीचमा ब्राजिलका सुपरस्टार मिडफिल्डर फिलिप कोउटिन्होले ब्राजिल र उसका समर्थकलाई धैर्य रहन आग्रह गरेका छन् ।
 
बार्सिलोनाका प्लेकेमर कोउटिन्होले स्वीट्जरल्याण्डविरुद्धको पहिलो खेलमा पहिलो हाफमै शानदार गोल गरी उच्च लयमा रहेको टिटेको टोलीलाई अग्रता दिलाएका थिए ।

तर, युरोपेली टोलीका स्टेभन जुवेरले ५०औं मिनेटमा बराबरी गोल फर्काए ।
 
यता कोष्टारिका पहिलो खेलमा ‘ग्रुप पेससेटर’ सर्वियासँग १–० ले पराजित भएको थियो । अलेक्सान्दर कोलासोभले शानदार फ्रिकिक गोल गरेपछि ओस्कार रामिरेजको टोली पराजित हुन पुगेको थियो ।
 
‘विश्वकपको अन्य खेलहरुजस्तै यो खेल पनि कठिन हुनेछ ।’ कोउटिन्होले भने, ‘सबैको खेल सन्तुलित छ, उनीहरु (कोष्टारिका)को खेलमा पनि कोलारोभको फ्रिकिकले निर्धारित गरेको थियो ।’
 


‘उनीहरुका लागि सावधानी जरुरी छ । यदि उनीहरु रक्षात्मक हुन्छन् भने हामी तयार छौं, केही कुराहरु यस्ता पनि हुन्छन्, त्यसको निर्णय हामी शुक्रबार मात्र लिन्छौं । हामी दुवै स्थितिका लागि तयार छौं ।’
 
गोलीगाँठाको समस्याका कारण सोचीमा मंगलबारको प्रशिक्षण सत्रमा उपस्थित नरहेका सुपरस्टार नेइमार कोष्टारिकाविरुद्धको खेलमा उपलब्ध हुने अपेक्षा गरिएको छ । 

तर, हालै गम्भीर चोटबाट मुक्त भएर मैदान फर्किएका पेरिस सेन्ट जर्मेइनका स्टार नेइमारको पुरानो चोट बल्झिने खतरा पनि उत्तिकै छ ।
 
यता कोष्टारिका लागि चोटको समस्याभन्दा पनि मनोबलसँग सम्बन्धित छ । 

बुधबार सेन्ट पिटर्सबर्गमा हुनुपर्ने प्रि म्याच पत्रकार सम्मेलन स्थगित गरियो ।

समाचारहरुमा बताइएअनुसार रियल मड्रिडका स्टार गोलरक्षक केलर नाभास र अन्य अनुभवी खेलाडीबीचको मनमुटावका कारण पत्रकार सम्मेलन स्थगित गर्नुपरेको थियो ।
 
कोष्टारिका फुटबल फेडेरेसनको लाइभ फिडमा पसारित भएको कार्यक्रममा स्ट्राइकर जोहान भेनेगास र डिफेण्डर जियानकार्लो गोन्जालेसको भनाइले प्रशिक्षणसत्रमा पारेको असरबारे स्पष्ट पार्दै यसै साता कोष्टारिकाका कप्तान ब्रायन रुइजले भनेका थिए, ‘तपाईंहरुले के बुझ्नुपर्छ भने हामी पूरै टिम एउटा स्तरको हो भने केलर अर्कै स्तरको हो । तर, यसको मतलब यो होइन कि उ एक महान टिममेट हो, उ हाम्रो चारैतिर छैन ।’
 
‘हामीसँग सामेल भइदिएकोमा उहाँलाई धन्यबाद दिन्छौं, उनले हामीलाई जोगाएका छन् र मैदानमा जे पनि गरेका छन्, त्यसका लागि उनी धन्यबादको पात्र छन् ।’

 प्लेयर्स टू वाच
 
फिलिप कोउटिन्हो, ब्राजिल

नेइमारको पछिल्लो अवस्थाबारे प्रश्नचिह्न उठिरहेका बेला ब्राजिली टोलीका लागि कोउटिन्होको महत्व अझै बढेको छ ।


 
स्वीट्जरल्याण्डविरुद्ध २५ यार्डबाट शानदार गोल गरेका उनले आजको खेलमा टिटेको सेन्ट्रल रोलको जिम्मेबारी पनि पाउन सक्छन् ।
 
२६ वर्षीय यी एट्याकिङ मिडफिल्डरले सन् २०१० मा ब्राजिलको राष्ट्रिय टोलीबाट डेब्यू गरेयता ३७ खेलमा ११ गोल गरेका छन् ।

 जोहान भेनेगास, कोष्टारिका

 प्रशिक्षणका दौरान शानदार प्रदर्शन गरेका लेफ्ट साइडेड स्ट्राइकर भेनेगासले विश्वकप छनोटमा कोष्टारिकाका लागि ३ गोल गरेका थिए ।


 
मिनोस्टा युनाइटेडबाट लोनमा डेपोर्टिभो साप्रिसाबाट खेलिरहेका भेनेगास मैदानमा रुइज र जेएल क्याम्पबेलभन्दा तीव्र गतिका छन् ।
 
जारी विश्वकपमा पहिलो जितका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएका २९ वर्षीय स्ट्राइकर भेनेगासले सन् २०१४ यता राष्ट्रिय टोलीका लागि ४५ खेलमा १० गोल गरेका छन् ।

 म्याच फ्याक्ट्स
 

– ब्राजिलले कोष्टारिकासँग खेलेको १० मध्ये ९ खेलमा जित हासिल गरेको छ । सन् १९६० मा खेलिएको एउटा खेलमा भने ब्राजिल पराजित भएको थियो ।
 
– विश्वकपमा कोष्टारिकाले दक्षिण अमेरिकी प्रतिस्पर्धीसँग खेलेका ४ खेलमा एउटा मात्र जितेको छ । उसले सन् २०१४ मा उरुग्वेलाई ३–१ गोलले हराएको थियो ।
 
– स्वीट्जरल्याण्डविरुद्ध फिलिप कोउटिन्होले ११औं अन्तर्राष्ट्रिय टोल गरे । तीमध्ये ५ गोल उनले डिबक्स बाहिरबाट प्रहार गरेका छन् ।
 
– स्वीट्जरल्याण्डबिरुद्ध ब्राजिलका नेइमारलाई १० पटक फाउल गरियो । 

सन् १९९८ को विश्वकप पछि एउटै खेलाडीलाई एउटै खेलमा गरिएको सबेभन्दा धेरै फाउल हो । सन् १९९८ मा ट्युनिसियाविरुद्धको २–० को जितमा इंग्लिस स्ट्राइकर एनल शेरर ११ पटक फाउलमा परेका थिए ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया