हिरो महिला गोल्डकप फाइनल: पहिलाे हाफकाे इन्ज्युरी समयमा नेपालले फर्कायाे बराबरी गाेल

 फागुन ३, २०७५ शुक्रबार १९:१४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा जारी हिरो महिला फुटबलको उपाधिका लागि नेपाल र म्यानमारबीच भइरहेकाे खेलकाे पहिलाे हाफ १-१ गाेलकाे बराबरीमा टु‌ंगिएकाे छ ।

उपाधिका लागि भएकाे खेलकाे पहिलाे हाफकाे ३४ औं मिनेटमा गाेल गरेकाे थियाे। लिग चरणमा नेपाललाई ३-० ले पराजित गरेकाे म्यानमार फाइनलमा पनि निकै बलियाे देखिनुका साथै उसकाे बल नियन्त्रण पनि नेपालकाे तुलनामा निकै राम्राे थियाे ।  

तर, पहिलाे हाफकाे इन्ज्युरी समयमा नेपालकी मञ्जली याेन्जनले गाेल गर्दै १-१ गाेलकाे स्थितिमा पुर्‍याइन् ।

यसअघि, खेल सुरु हुनुभन्दा पहिले नेपाल र म्यानमारको राष्ट्रिय महिला फुटबल टोलीले बिहीबार कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका सीआरपीएफका जवानहरुको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया