आईसीसी महिला टी–२० विश्वकप छनोट खेल्न नेपाली टाेली थाइल्याण्ड प्रस्थान

 फागुन ४, २०७५ शनिबार १३:२८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – थाइल्याण्डमा हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न नेपाली टाेली थाइल्याण्ड प्रस्थान गरेको छ ।

रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टिमलाई राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्टले बिदाई गरेका छन् ।

बिदाई समारोहमा सदस्य सचिव विष्टले नेपाली महिला क्रिकेट टिमलाई पनि तलब भत्ताका लागि आईसीसीसँग पहल गर्ने प्रतिवद्धता जनाए । सदस्य सचिव बिष्टले इच्छाशक्ति र मनोबल उच्च भएमा कुनै पनि ठूलो देशलाई पराजित गर्न सकिने भन्दै खेलाडीलाई राम्रो प्रदर्शन गर्न आग्रह गरे ।

महिला क्रिकेटका मुख्य प्रशिक्षक विनोद दासले प्रशिक्षण राम्रो भएकाले नतिजा पनि राम्रो निस्कने विश्वास व्यक्त गरे ।

कप्तान क्षेत्रीले यसअघि भएको टी–२० महिला स्म्याशमा थाइल्याण्डसँग पराजित हुँदै उप-विजेता भएकाले यस पटक उसलाई पराजित गर्ने लक्ष्य रहेको बताइन् ।

नेपाली टिम

रुबिना क्षेत्री (कप्तान)
सीता रानामगर (उपकप्तान) 
करुणा भण्डारी 
सरिता मगर 
नेरी थापा 
इन्दु बर्मा 
सोनु खड्का 
आरती विडारी 
काजल श्रेष्ठ 
रोमा थापा 
कविता कुवँर 
ममताकुमारी चौधरी 
विन्दु रावल 
अप्सरी बेगम 

अप्सरी बेगमले पहिलो पटक टिममा स्थान बनाएकी छिन् । उनले यसअघि टिममा रहेकी डल्ली भट्टको स्थानमा टिममा स्थान बनाएकी हुन ।

नेपालले पहिलो खेल मलेसियाविरुद्ध खेल्ने भएको छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा मलेसिया विरुद्ध १९ फेब्रुअरीमा खेल्नेछ । यो प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टिमले ग्लोबल क्वालिफायर्समा खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया