बीबीएल : सन्दीप आवद्ध मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्सबीच उपाधि भिडन्त आज

 फागुन ५, २०७५ आइतबार ७:४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली युवा बलर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग ब्याश लिगको उपाधिका लागि आज छिमेकी टिम मेलबर्न रेनेगेट्ससँग खेल्नेछ ।

मेलबर्नमा हुने खेल नेपाली समय अनुसार बिहान साढे नौ बजेबाट सुरु हुनेछ । मेलबर्न डर्वीका रुपमा रहेको यो प्रतियोगिताको उपाधिका लागि दुबै टिम तयार रहेका छन् । बिग ब्याश लिगमा दोस्रो पटक फाइनलमा पुगेको मेलबर्नका लागि उपाधि दिलाउन सन्दीप लामिछानेको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

उनले यो प्रतियोगितामा अहिलेसम्म ११ विकेट लिएका छन् । जसमा एकै खेलमा कम रन दिएर बढी विकेट लिने खेलाडीमा तेस्रो स्थानमा छन् । लिग चरणमा उनको टिमले १४ खेलमा सातमा जित र सातमा हार ब्यहोरेको थियो । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया