चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना गम्भीर घाइते

 फागुन ५, २०७५ आइतबार ८:२३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – मालारानी गाउँपालिकामा शनिबार राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । दुईजना गम्भीर घाइते भएका छन् । 

मालारानी गाउँपालिका– ८ हंसपुरको बिजुरेमा चट्याङ लागेर स्थानीय २६ वर्षीय बाबुराम अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो । 

चट्याङ लागेर अचेत अवस्थामा रहेका अधिकारीको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउँदै गर्दा बाटोमै निधन भएको हो ।  घाइते २ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ । 

यस्तै, चट्याङ लागेर मालारानी–९ को गोखुंगामा स्थानीय कविराम पौडेलको दुईवटा बाख्रा मरेको स्थानीय इन्द्र रेग्मीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया