कर्णाली नदीमा बेपत्ता भएका युवकको शव भेटियाे
चैत १५, २०८० बिहिबार
सुर्खेत – पानीको गहिराइ नाप्ने नयाँ प्रविधिमार्फत भेरी नदीको गहिराइ नापिएको छ । भेरी–बबई बहुउद्देश्यीय आयोजना अन्तर्गत बाँधस्थलमा पानी नाप्ने नयाँ प्रविधि ‘इकोसाउन्डर’ मेसिन प्रयोग गरिएको आयोजनाका सिनियर डिभिजन इञ्जिनियर रिसव खनालले जानकारी दिनुभयो ।
भेरी–बबई बहुउद्देश्यीय आयोजनाको बाँध बनाउने ठाउँको पानीको गहिराइ नापिएको हो । अहिले भेरी बबईको बाँध सुर्खेतको भेरीगंगा नगरपालिकाको चिप्पलेमा बन्दैछ । ‘भेरी–बबई बहुउद्देश्यीय आयोजनाको बाँध स्थल बनाउने ठाउँको गहिराइ नाप्नका लागि नेपालमा पहिलो पटक यो मेसिन ल्याएर पानीको गहिराई नापेका हौँ’ इञ्जिनियर खनालले भन्नुभयो, ‘हामीले नयाँ प्रविधिमार्फत गहिराइ नाप्न सफल भएका छौँ ।’
इनोभेटिभ इञ्जिनियरिङ सेर्भिसेज प्रा.लिले ‘इकोसाउन्डर’ मेसिन ल्याएको हो । इञ्जिनियर र्याफ्टिङमा जडान गरेर नदीको गहिराइ नापिएको हो । भेरीको औषत गहिराइ ४ मिटर रहेको र पानी धेरै जमेको ठाउँमा ७ मिटरसम्म गहिराइ रहेको उहाँले जानकारी दिनुभयो ।