धनगढी प्रिमियर लिग : महेन्द्रनगरले अत्तरियालाई सात विकेटले हरायो

 फागुन ५, २०७५ आइतबार १३:७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

धनगढी प्रिमियर लिगमा महेन्द्रनगरले पहिलो जित निकालेको छ । आज भएको खेलमा महेन्द्रनगरले अत्तरियालाई सात विकेटले हरायो ।

फाप्ला क्रिकेट मैदानमा बर्षाका कारण आउटफिल्ड गिलो भएपछि खेल दुई घण्टा गरि ढिलो भएको खेल ६ ओभरमा झारिएको थियो । जसमा अत्तरीयाले ५ विकेट गुमाउदै ५४ रन बनायो । 

मध्यम सुरुवात गरेको उसले पहिलो विकेटकालागि ३० रनको साझेदारी गरेको थियो । अत्तरीयाका सन्नी पटेलले १९ तथा जयकशिन कोल्शावालाले १० रन बनाए । यस्तै सन्दीप जोरा मात्र चार रनमा आउट भए भने कमलसिंह ऐरीले खाता खोल्न सकेनन् । यस्तै कप्तान दिपेन्द्र ऐरी पनि मात्र १० रनमा आउट भए । बलिङमा अभिनाश बोहरा र सागर ढकालले दुई दुई विकेट लिए ।

जवाफमा महेन्द्रनगर पाँच ओभर चार बलमा तीन विकेट गुमाउँदै पूरा गर्‍याे ।

मात्र १४ रन हुँदा पहिलो विकेट गुमाएको महेन्द्रनगरका ओपनर मोहम्मद नाभिद ६ रनमा आउट भए । त्यसपछि कप्तान शरद भेषवाकर पनि मात्र ५ रनमा आउट भएपछि महेन्द्रनगरले २७ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि सुब्रमनियम आनन्दपनि १७ रनमा आउट भएपछि महेन्द्रनगरले ३२ रनमा तेस्रो विकेट गुमायो ।

यो जितसँगै अत्तरियाले दुई खेल अगाडी नै प्लेअफमा पुग्ने मौका गुमायो भने महेन्द्रनगरले शीर्ष चारको सम्भावना कायमै राखेको छ । अत्तरियाका लागि भुवन कार्मीले दुई विकेट लिए ।

 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया