सन्दीपको टिम मेलबर्न स्टार्स बिग ब्याश लिगको उपाधि जित्नबाट वञ्चित

 फागुन ५, २०७५ आइतबार १३:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

सन्दीपको टिम मेलबर्न स्टार्स बिग ब्याश लिगको उपाधि जित्नबाट वञ्चित भएको छ ।

फाइनलमा छिमेकी टिम मेलबर्न रेनिगेड्ससँग १३ रनले पराजित भयो । टस हारेर पहिले ब्याटिङ गरेको रेनिगेड्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १४५ रन बनाएको थियाे । रेनिगेड्सका लागि डेनियल क्रिष्टियनले सर्वाधिक ४३ रन बनाउँदा टम कूपर २८ रनमा नट आउट रहे ।

यी दुईका बीचमा ८० रनको साझेदारी भएपछि रेनेगेट्सले सम्मानजनक स्कोर बनाएको हो ।

मेलबर्न स्टार्सका लागि सन्दीप लामिछानेले ४ ओभर नै बलिङ गरेर १६ रन खर्चिए पनि विकेट भने हात पार्न सकेनन् । उनको स्पेलमा जम्मा एउटा चौका प्रहार भएको थियो । टिमको सातौं तथा व्यक्तिगत पहिलो ओभरको सुरुवाती दुई बल उनले डट गरे । तेस्रो बलमा हार्भीले एक रन लिन सफल भए ।

त्यसपछि चौथो बल पनि उनले डट गरे । पाँचौ बलमा एक रन दिएका सन्दीपले अन्तिम बल डट गरे । व्यक्तिगत दोस्रो ओभरमा ५ रन खर्चिए । उनको पहिलो बलमा हार्भीले स्विप गर्दै चौका प्रहार गरे । तर दोस्रो बलमा सन्दीपले कमब्याक गर्दै डट गरे ।

त्यसपछि तेस्रो ओभरमा पनि उनले हार्भेलाई चक्मा दिए । तर चौथो बलमा एक रन खर्चिए । पाँचौ बलमा एक रन खर्चिएका सन्दिपले अन्तिम बल डट गरे । त्यसपछि तेस्रो ओभरमा उनले मात्र तीन रन खर्चिए । टिमको १२ औं तथा ब्यक्तिगत तेस्रो ओभरको पहिलो बलमा उनले रन दिएनन् भने दोस्रो बलमा एक रन दिन पुगे । तेस्रो बलमा पनि एक रन खर्चिएका सन्दिपले चौथो बलमा पनि एक रन खर्चिए ।

पाँचौ बल डट गरेका सन्दीपले अन्तिम बल डट गरे । चौथो बलमा उनले अरु ६ रन दिए । सन्दीपले टिमको १५ औं तथा व्यक्तिगत चौथो ओभरको पहिलो बलमा एक रन दिए भने दोस्रो बल डट फाले । तेस्रो बलमा दुई रन दिए भने चौथो बलमा एक रन खर्चिए । जसमा रन आउटको मौका पनि थियो । अन्तिम दुई बलमा एक एक रन दिए ।

जवाफमा उत्कृष्ट सुरुवात गरेको स्टार्स २० ओभरमा ७ विकेट गुमाउँदा १३२ रनमा रोकियो । उत्कृष्ट सुरुवात गरेको स्टार्सले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले स्कोरबोर्डमा अरु १९ रन थप्दा सात विकेट गुमायो ।

उसका ओपनर बेन डंकले ५७ रन बनाए भने मार्कस स्टोइनसले ३९ रन बनाए । तर त्यसपछि अरु कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसलाई कम स्कोरमा रोक्न ट्रेमेन, बोयस र क्रिस्टियनले समान दुई-दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया