डीपीएल: रुपन्देही च्यालेञ्जर्समाथि १ सय रनकाे जित निकाल्दै काठमाण्डौ गोल्डेन्स क्वालिफयर्समा

 फागुन ५, २०७५ आइतबार १७:१२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेञ्जर्सले लगातार दोस्रो हार ब्यहोरेको छ ।

आइतबार भएको खेलमा रुपन्देहीले काठमाण्डौ गोल्डेन्ससँग एक सय रनको लज्जास्पद हार ब्यहोर्यो । यो जितसँगै काठमाण्डौ प्रतियोगिताको क्वालिफायर्समा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३३ रन बनायो । उसका लागि अंकित दवासले सर्वाधिक ४३ रन बनाए भने अनिल शाहले २३ रनको योगदान गरे ।

नौ रनमा पहिलो विकेट गुमाएको काठमाण्डौले ४८ रन बनाउँदा तीन विकेट खेर फाल्यो । काठमाण्डौका लागि महबुब आलमले ११ रन बनाए भने योगेन्द्रसिंह ऐरीले १३ रनको योगदान गरे । यस्तै रासिद खानले १४ रन स्कोरबोर्डमा थपे ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाए । बलिङमा रुपन्देहीका लागि विक्रम सोब, अनिल खरेल र पुनित मेहराले दुई-दुई विकेट लिए ।

जवाफमा रुपन्देही १५ ओभर एक बलमा मात्र ३३ रनमा अलआउट भयो । निकै खराब ब्याटिङ गरेको रुपन्देहीका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

५ रन बनाउँदा पहिलो विकेट गुमाएको रुपन्देहीले २१ रन बनाउँदा सात विकेट खेर फाल्यो । उसका ओपनर प्रदिप ऐरी चार रनमा आउट भए भने सन्दिप सुनार तीन रनमा पेभेलियन फर्किए । नेपालमा यसअघिका प्रतियोगितामा विस्फोटक ब्याटिङ गरेका बाबर हायात यो प्रतियोगितामा फर्ममा देखिएका छैनन् । उनले आजपनि मात्र तीन रन बनाए ।

यस्तै भिम सार्कीले खाता खोल्न सकेनन् । लगत्तै विनोद भण्डारी मात्र एक रनमा आउट भए भने पुनित मेहरा पनि तीन रनमा आउट भए । यस्तै विक्रम सोब पनि तीन रनमा आउट भए ।

त्यसपछि सुमित महर्जन पनि पाँच रनमा आउट भए । कप्तान बसन्त रेग्मीपनि मात्र दुई रनमा आउट हुँदा उसले ३१ रनमा नौ विकेट गुमायो । अन्तत रुपन्देही ३३ रनमा अलआउट भयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया