लगानीकर्ताहरुले बाँकी विश्वसँग जोडिन पनि नेपालमा लगानी गर्नु जरुरी छ: प्रम ओली

 फागुन ५, २०७५ आइतबार १८:४३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आह्वान गर्नु भएको छ । 

प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानीको लागि सुरक्षा र नाफा दुवै रहेको पनि स्पष्ट पार्नुभयो । आइतबार कान्तिपुर मिडिया ग्रुपले काठमाण्डाैमा आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’को उद्घाटन गर्दै उहाँले वैदेशिक लगानीलाई नेपालमा खुला हृदयले स्वागत गर्ने पनि बताउनुभयो । उहाँले सूर्य नेपाल, डाबर नेपाललगायतका कम्पनी सानो लगानी गरेर फैलिएकोतर्फ पनि वैदेशिक लगानीकर्ताहरुको ध्यानाकर्षण गराउनु भयो ।

प्रधानमन्त्री ओलीले नेपालमा विकास, निर्माणको कामलाई अघि बढाउन सरकारले सुशासनको उपयुक्त वातावरण बनाएको दावी पनि गर्नुभयो । लगानीकर्ताहरुले बाँकी विश्वसँग जोडिन पनि नेपालमा लगानी गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया