जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
रुपन्देही - घरेलु टोली रुपन्देहीले २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।
बुटवलमा रहेकाे एन्फा टेक्निकल सेन्टरको मैदानमा आइतबार भएको खेलमा घरेलु टोली रुपन्देहीले धरानको सुनसरी–११ लाई सडेन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
रुपन्देहीका डिफेन्डर रामजीले ‘म्यान अफ दी म्याच’ हुँदै नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत साेमबार काठमाण्डौका संकटा क्लब र च्यासल युथ क्लब भिड्नेछन् ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ८ लाख ८० हजार हात पार्नेछन् भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछन् ।