पाकिस्तान र साउदी अरबबीच २० अर्ब डलरको सम्झौता

 फागुन ६, २०७५ सोमबार ८:१४:२७ | एजेन्सी
unn.prixa.net

पाकिस्तान र साउदी अरबबीच २० अर्ब डलरको सम्झौता भएको छ । पाकिस्तान भ्रमणमा रहेका साउदी राजकुमार मोहम्मद बिन सलमानल र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच २० अर्ब डलरको सम्झौता भएको हो ।

सलमानले पाकिस्तानलाई दिन लागेको सम्झौता रकम के कामका लागि भन्ने बारे भने खुलाइएको छैन ।  प्रधानमन्त्री खानसँगको भेटमा सलमानले पाकिस्तानको भविष्य राम्रो भएको पनि बताएका छन् । पछिल्लो वर्ष पाकिस्तानले आर्थिक प्रगति गरिरहेको पनि उनले बताएका छन् । 

भेटका क्रममा साउदी अरबमा काम गर्ने पाकिस्तानी कामदारको विषयमा पनि छलफल भएको छ । २५ लाख पाकिस्तानी नागरिक साउदी अरबमा काम गर्छन् । २ दिने भ्रमणका लागि साउदी अरबका राजकुमार पाकिस्तानमा छन् ।  

अन्तिम अपडेट: फागुन २६, २०७५

तपाईको प्रतिक्रिया