शिवम् सिमेन्टले आईपीओ जारी गर्ने

 असार ८, २०७५ शुक्रबार १७:२९:० | उज्यालो सहकर्मी

काठमाडौं – शिवम् सिमेन्ट लिमिटेडले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि प्रिमियम मूल्यमा साधारण शेयर अर्थात आईपीओ जारी गर्ने भएको छ । 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शिवम् सिमेन्टलाई स्थानीयबासिन्दा (मकवानपुर) का लागि ८ लाख ८० हजार र सर्वसाधारणका लागि ४४ लाख कित्ता गरी कुल ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति दिएको हो । 

स्थानीयबासिन्दाले आईपीओका लागि प्रतिकित्ता ३ सय रुपैयाँ तिर्नु पर्ने छ भने अन्य सर्वसाधारणले एक कित्ताका लागि ४ सय रुपैयाँ तिर्नु पर्ने छ । चीनको होङ्सी समूहको साझेदारीमा रहेको शिवम् सिमेन्टले मकवानपुरबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गरिरहेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया