हिउँमा अलपत्र परेका ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार

 फागुन ६, २०७५ सोमबार ११:२:४७ | रासस
unn.prixa.net

दोलखा – प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो । शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए । 

प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २२ जनाको संयुक्त उद्धार टोली खटिएको थियो । टोलीले साेमबार पनि उद्धार कार्य जारी राखेको छ । 

अन्तिम अपडेट: कात्तिक १५, २०७६

तपाईको प्रतिक्रिया