धनगढी प्रिमियर लिग : घरेलु टिम अन्तिम खेलमा रुपन्देहीसँग ३९ रनले पराजित

 फागुन ६, २०७५ सोमबार १३:५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

धनगढी प्रिमियर लिगमा घरेलु टिम अन्तिम खेलमा रुपन्देही च्यालेञ्जर्ससँग ३९ रनले पराजित भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १५ ओभरमा झारीएको खेलमा ८ विकेट गुमाउँदै एक सय ६ रन बनायो । एक रन बनाउँदा पहिलो विकेट गुमाएको रुपन्देहीका लागि सुमित महर्जनले ३३, विनोद भण्डारीले २४ तथा बाबर हायातले १९ रन बनाउँदा बाँकि खेलाडीले राम्रो खेल्न सकेनन् ।

जवाफमा धनगढी १३ ओभर ५ बलमा ६७ रनमा अलआउट भयो । उसले पनि यसअघिका प्रतियोगितामा जस्तै राम्रो सुरुवात गर्न सकेन । १५ रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले १९ रनमा दोस्रो विकेट खेर फाल्यो । धनगढीको पारीलाई सम्हाल्न आएका सोमपाल कामी ११ रनमा आउट भए भने रोहन मुस्तफा दुई रनमा पेभेलियन फर्किए ।

अन्तत: धनगढी मात्र ६७ रनमा अलआउट भयो । बलिङमा रुपन्देहीका ललित भण्डारीले तीन विकेट लिए भने विक्रम सोबले दुई विकेट हात पारे ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया