बलात्कारको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ

 फागुन ६, २०७५ सोमबार २०:७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत – तीस वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

गएको आइतबार कुश्मा नगरपालिका–६। न्यूरोडबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । 

शनिबार राति पीडित महिलालाई बलात्कार गरेको आरोपमा भारत बिहार प्रदेश मोतिहारी जिल्ला पूर्वी चम्पारनका २९ वर्षीय आलोक साह र ३३ वर्षीय अजय गुप्तालाई पर्वत प्रहरीले पक्राउ  गरेको हो । 

पीडित महिलालाई रक्सी खुवाएर पटक –टक बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पीडित महिलाको आइतबार नै जिल्ला अस्पताल पर्वतमा स्वास्थ्य परीक्षण गरिएको छ ।  

प्रारम्भिक अनुसन्धानपश्चात प्रहरीले फागुन ६ गते पर्वत जिल्ला अदालतबाट यौनजन्य प्रकृतिका अपराध अन्तर्गत करणीसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धानका लागि ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया