सरकारको लोकप्रियताबाट कांग्रेस आत्तियो: मन्त्री यादव

 फागुन ७, २०७५ मंगलबार २०:२९:२८ | राजु लामिछाने
unn.prixa.net

रुकुमपश्चिम - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले वर्तमान सरकारको लोकप्रियता देखेर प्रमुख प्रतिपक्षमा रहेको कांग्रेस आत्तिएको बताउनुभएको छ । 

कांग्रेसले बनाएको भ्रष्टाचारको जालोलाई तोड्दै गर्दा प्रतिपक्षी आत्तिएको बताउदै उहाँले मुलुकलाई समृद्धिको बाटोमाअगाडि बढाउन भ्रष्टाचार रोक्नैपर्ने जनाउनुभयो । भ्रष्टाचार विकासको बाधक भएकोले सरकार यसतर्फ सचेत भएको उहाँको भनाइ छ ।

रुकुमपश्चिमको चौरजहारीमाभएको प्रथम चौरजहारी बृहत महोत्सवलाई सम्बोधन गर्दै मन्त्रीयादवले सरकार जनताको जनादेश विपरीत गएर कहिले पनि काम गर्न नसक्ने दावी गर्नुभयो । ठूलो योगदानबाट नेपालमा संघीयताआएकाले यसलाई कार्यान्वयनगर्नको लागि सबैको भूमिका रहने उहाँको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मन्त्री यादवले सरकारले आवश्यक नयाँ ऐन कानुन निर्माण तथा पुरालाई संशोधनगर्ने कामलाई तीव्रता दिएको जानकारी गारउनुभयो । उहाँले संविधानअनुसार तीनै तहको अधिकार सुनिश्चितहुने समेत बताउनुभयो । 

मन्त्री यादवले विदेशबाट सीप सकेर आएका युवाहरुलाई व्यवसाय सञ्चालनको लागि सहुलियत ऋणको व्यवस्था भएकाले गाउँमै उत्पादनमा जोड दिएर आर्थिक आम्दानीमा लाग्न आग्रह गर्नुभयो । उहाँले गाउँका कृषिवस्तुको उत्पादनको बजारीकरण सरकारले गर्नेसमेत जनाउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया