इमान्दार चालक : ट्याक्सीमा छुटेका गरगहना फिर्ता

 फागुन ८, २०७५ बुधबार १८:५७:४१ | रासस
unn.prixa.net

काठमाण्डौ - एक ट्याक्सी चालकले ट्याक्सीमा छुटेको सामग्री सम्बन्धित धनीलाई फिर्ता गरेका छन् । बुधबार बिहान ५ बजे काठमाण्डैको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा गुल्मीकी वसन्ता भुसालको छुटेको गरगहनासहितको सामान ट्याक्सीचालक सुनसरीका सिमल राईले फिर्ता गर्नुभएको हो ।

चालक राईले ट्याक्सीमा छोडिएको ठूलो मङ्गलसूत्र एक थान, सानो मङ्गलसूत्र एक थान, चन्द्रमा एक थान, तिलहरी एक थान, घाँटीको हार एक थान, पिजडा टप एक जोडी, वेरुवा रिङ एक जोडी, औँठी तीन थान, लेडिज पर्स एक थान र रु छ हजार १२३ फेला पार्नुभएको थियो । 

चालक राईले फेला पारेको उक्त गरगहना र नगद महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले सम्बन्धित धनीकी बहिनी सोनिया भुसाललाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा हराएका सामग्री फेला नपर्ने गरेकामा राईले उदाहरणीय काम गरेको प्रनाउ भट्टले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया